पाल्पा १ मा एमालेको किल्ला भत्कियो, ३४ वर्षपछि कांग्रेसको पुनरागमन जित « Khabarhub

पाल्पा १ मा एमालेको किल्ला भत्कियो, ३४ वर्षपछि कांग्रेसको पुनरागमन जित



काठमाडौं – पाल्पा क्षेत्र नम्बर १ मा ३४ वर्ष लामो एमालेको राजनीतिक विरासतलाई पछाडि पार्दै नेपाली कांग्रेसले ऐतिहासिक जित हासिल गरेको छ। कांग्रेसको तर्फबाट उम्मेदवार बनेका सन्दीप राना १८ हजार ३३६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका निवर्तमान सांसद नारायण आचार्य १६ हजार ८१९ मतसहित पराजित भएका छन् ।

यो क्षेत्रबाट २०४८ सालको बहुदलीय निर्वाचनपछि पहिलो पटक कांग्रेसको जित आएको हो । त्यतिबेला कालुराम रानाले एमालेका दलबहादुर रानालाई पराजित गरेर कांग्रेसको विजय सुनिश्चित गरेका थिएm। ३४ वर्षपछि सन्दीप रानाले पुनः कांग्रेसको झण्डा पाल्पा–१ मा फहराएका छन् ।

रास्वपाको अहिलेको जनलहर आएजस्तै ०४८ मा देशैभर कांग्रेसले बहुमत ल्याएको थियो । पहिलोपटक चुनावी मैदानमा होमिएका राना सोही क्षेत्रको रामपुर नगरपालिका–७ का स्थानीय हुन् ।

कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठका अनुसार पाल्पा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि रानाको मात्रै नाम सर्वसम्मत सिफारिस भएको थियो ।

अहिलेको निर्वाचनमा पराजित भएका एमालेका आचार्य २०७९ मा यसै क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्ष सांसद बनेका थिए । यस क्षेत्रमा गत निर्वाचनमा एमालेका उम्मेदवार आचार्यले ३१ हजाार १०३ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फका कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरेका थिए ।

आचार्य पूर्वखोला गाउँपालिका–३ मा वि सं २०२६ सालमा जन्मिएका थिए । २०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा संगठित हुँदै २०७३ देखि सक्रिय नेता हुन् । उनी ०७४ को प्रदेश सभा निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा (एमाले) बाटै निर्वाचित प्रदेश सभा सदस्य थिए ।

रास्वपाका विमल पन्तले भने जम्मा १४ हजार ३३३ मत पाएका छन् । यस क्षेत्रमा ९८ हजार ३ सय ८३ मतदाता रहेका छन् । जसमा ५१ हजार ८ सय ८१ (५२.७३ प्रतिशत) मत खसेको थियो ।

को हुन् राना ?

उनी स्कूले जीवनदेखि नै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)सँग आबद्ध रहेर राजनीतिमा सक्रिय थिए। ३८ वर्षीय राना भारतबाट राजनीतिशास्त्र तथा कानूनमा स्नातक तहसम्म अध्ययन गरेका उम्मेदवार हुन्। त्यही क्रममा उनी विद्यार्थी संघ भारतका अध्यक्ष बनेका थिए।

त्यस्तै, उनले विश्व विद्यार्थी तथा युवा संगठनका अन्तर्राष्ट्रिय सचिव र अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानको अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन्।

राजनीतिक रूपमा कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महासमिति सदस्य रहेका राना विभिन्न सामाजिक संस्थाहरूमा पनि सक्रिय छन्। उनी भारतमा अध्ययनका क्रममा बीपी कोइराला र बाबुराम भट्टराईपछिको विद्यार्थी आन्दोलनलाई बलियो बनाउन अग्रणी भूमिका खेलेका थिए। यसका साथै, नेपाली भाषाको संरक्षण र प्रवर्द्धनका लागि उनी एक प्रमुख अभियानकर्ता हुन्।

यस्तै, २०७२ सालको विनाशकारी भूकम्प र ०७६ सालको कोभिड–१९ महामारीको समयमा उनले भारतमा अलपत्र परेका नेपालीलाई सुरक्षित रूपमा फर्काउने पहल गरेका थिए।

नेपालमा आवश्यक स्वास्थ्य सामग्री तथा अक्सिजन उपलब्ध गराउन पनि उनले सहयोग गरेका थिए। देशभरका विपन्न विद्यार्थीका लागि अध्ययन सामग्री, स्वास्थ्य क्षेत्रका लागि आवश्यक उपकरण प्रदान गर्ने लगायत क्षेत्रमा पनि उनको भूमिका रहने गरेको छ।

पाल्पा–१ मा नेकपा एमालेका निवर्तमान सांसद नारायणप्रसाद आचार्य, नेपाली कांग्रेसका सन्दीप राना, नेपाली कम्युनिस्ट पार्टीका हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्त, राष्ट्रिय जनमोर्चाका नरमति सिंजाली, मंगोल नेशनल अर्गनाइजेसनका सलन चिदी उम्मेदवार थिए।

त्यस्तै नेशनल रिपब्लिक नेपालका थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका वृहस्पति अर्याल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पुरन गैरे शर्मा मैदानमा थिए ।

स्वतन्त्रतर्फ कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाँसहित ४ जना स्वतन्त्र उम्मेदवार पनि थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ८ : २९ बजे

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज