राजनीतिक विरोधीलाई तह लगाउन चीनले च्याटजीपीटीको प्रयोग गरेको खुलासा « Khabarhub

राजनीतिक विरोधीलाई तह लगाउन चीनले च्याटजीपीटीको प्रयोग गरेको खुलासा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले आफ्ना राजनीतिक विरोधीहरूलाई तह लगाउन च्याटजीपीटीजस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको खुलासा गरेको छ । अमेरिकी एआई कम्पनी ओपनएआईको पछिल्लो साइबर सुरक्षा प्रतिवेदनका अनुसार चिनियाँ सरकारी स्वामित्वमा रहेका केही खाताहरूले आफ्ना गोप्य ‘स्टाटस रिपोर्ट’ हरूलाई परिष्कृत र सुधार्न च्याटजीपीटीको सहयोग लिने गरेको पाइएको छ ।

यी खाताहरुलाई फेला पारेर हटाएको ओपनएआईले जनाएको छ । चीनले देशभित्र र बाहिर रहेका आफ्ना आलोचकहरूको आवाज दबाउन ठूलो स्रोतसाधन र सयौँ कर्मचारी प्रयोग गरेर एउटा विशेष ‘साइबर अपरेशन’ नै चलाइरहेको दाबी गरिएको छ ।

यस अभियान अन्तर्गत एक्स (ट्विटर), युट्युब र ब्लुस्काई जस्ता अमेरिकी सामाजिक सञ्जाल प्लेटफर्महरूमा हजारौँ नक्कली खाताहरू सिर्जना गरिएका छन् । चिनियाँ अपरेटरहरूले नक्कली अदालती कागजातहरू बनाउने, एआईबाट निर्मित भ्रामक तस्वीरहरू प्रयोग गर्ने र विरोधीहरूका पोस्टहरू हटाउन सामूहिक रूपमा गलत रिपोर्टिङ गर्ने गरेको पाइएको छ ।

विशेषगरी चीनभित्रका भ्रष्टाचार र मानवअधिकार उल्लंघनका भिडियोहरू पोस्ट गर्ने ‘टीचर ली’ जस्ता चर्चित अकाउन्टहरूलाई यसरी निशाना बनाइएको प्रतिवेदनमा उल्लेख छ । यो अभियान यति व्यापक छ कि यसले जापानका प्रधानमन्त्री लगायत विदेशी प्रतिनिधिहरूलाई समेत लक्षित गरेको ओपनएआईले जनाएको छ । यो खुलासापछि विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूले आफ्ना सुरक्षा प्रणालीलाई कडा पार्न थालेका छन् ।

ब्लुस्काई र मेटा जस्ता कम्पनीहरूले यस्ता शंकास्पद गतिविधिमा संलग्न खाताहरूलाई हटाउन विशेष निगरानी सुरु गरेका छन् । ‘टीचर ली’ को टोलीले प्रविधि कम्पनीहरूलाई चेतावनी दिँदै आफ्नो प्रविधि मानवअधिकार दमनका लागि प्रयोग भइरहँदा “हामी त केवल उपकरण निर्माता हौँ” भनेर उम्किन नमिल्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयले भने यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ४७ बजे

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल