पाकिस्तानमा खेलकुदको आवरणमा मानव तस्करी, अनुसन्धान शुरु « Khabarhub

पाकिस्तानमा खेलकुदको आवरणमा मानव तस्करी, अनुसन्धान शुरु


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा खेलकुदको आवरणमा मानव तस्करीको घटना सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको छ । पाकिस्तानको संघीय अनुसन्धान निकायले रुसको मस्कोमा हालै सम्पन्न राष्ट्रिय कप कराते प्रतियोगितालाई ‘मानव तस्करी’ को माध्यम बनाइएको आशंकामा अनुसन्धान सुरु गरेको छ ।

फेब्रुअरी २८ देखि मार्च २ सम्म भएको उक्त प्रतियोगितामा सहभागी भएको ‘पाकिस्तान क्योकुशिन कराते’ टोलीका सदस्यहरू खेलको बहानामा रुस पुगेर त्यहाँबाट अवैध रूपमा युरोप छिर्ने प्रयासमा रहेको उजुरी परेपछि प्रशासन सक्रिय भएको हो । पेशावर क्षेत्रको एन्टी-ह्युमन ट्राफिकिङ सर्कलले यस घटनामा संलग्न खेलाडी र पदाधिकारीहरूको विस्तृत सूची तयार गरी छानबिन अगाडि बढाएको छ ।

एफआईएका उप-निर्देशक राणा शाहिद हबिबका अनुसार खेलकुदको आवरणमा हुने यस्तो तस्करीलाई कडाइका साथ निगरानी भइरहेको छ। यदि कुनै खेलाडी वा अधिकारी रुसमै लुकेर बसेको वा युरोपतर्फ भाग्न खोजेको पाइएमा उनीहरू विरुद्ध कडा कानुनी कारबाही गरिनेछ ।

विगत केही वर्षयता फुटबल, फुटसल र स्क्वास जस्ता खेलहरूलाई पनि मानव तस्करीको हतियार बनाइएको सूचना बाहिर आएकाले अबदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाकिस्तान स्पोर्ट्स बोर्डबाट अनिवार्य रूपमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था गरिएको छ। यस प्रकरणमा खैबर पख्तुनख्वा खेलकुद निर्देशनालयका केही अधिकारीहरूको समेत मिलेमतो हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।

नक्कली खेलाडीहरू बनाएर विदेश पठाउने र त्यहीँ बेपत्ता पार्ने कार्यले अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको छवि धुमिल पारेको भन्दै सुरक्षा निकायले खेलकुद संघ-संस्थाहरूलाई पारदर्शी बन्न चेतावनी दिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : ०५ बजे

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल