गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित « Khabarhub

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ ।

गोलबजार नगरपालिका–२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद सुरुआत गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको उद्घाटन गर्दै मधेस प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री सत्रुधनप्रसाद सिंहले खेलकुदले युवालाई अनुशासन र सकारात्मक मार्गमा डोर्‍याउने बताए । उनले यस्ता स्थानीय प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्नुका साथै सामाजिक सद्भाव र एकता मजबुत बनाउने उल्लेख गर्नुभयो । खेल क्षेत्रको दिगो विकासका लागि राज्य र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा उनले जोड दिए ।

प्रतियोगिताअन्तर्गत आज दिउँसो २ बजे सिरहाको सलहेश युवा क्लब र आयोजक गोलबजार स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यही चैत २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीले चार लाख ४४ हजार ४४४ र उपविजेताले दुई लाख २२ हजार २२२ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका विभिन्न स्थानका आठ टोलीको सहभागिता छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : १७ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित