वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा « Khabarhub

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । कोलकातास्थित इडेन गार्डेन्समा वर्षाले खेल अगाडि बढ्न नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले ३.४ ओभरमा २ विकेट गुमाएर २५ रन बनाउँदा वर्षा सुरु भएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि अम्पायरले खेल रद्द गर्ने निर्णय लिएका हुन् ।

यो नतिजासँगै पञ्जाब किंग्स ३ खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघिका दुई खेलमा पञ्जाबले जित हात पारेको थियो ।

यता, सिजनको सुरुवाती दुई खेलमा पराजित भएको कोलकाताले भने वर्षाको मद्दतले पहिलो अंक जोडेको छ । ३ खेलबाट १ अंक जोडेको कोलकाता तालिकाको आठौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : १४ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्