गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन « Khabarhub

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी छलफललगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विपद् व्यवस्थापनको तयारीबारे आकस्मिक अनुगमन गरेका छन् ।

लगातारको वर्षाका बीच सोमबार राति करिब साढे १० बजे गृहमन्त्री गुरुङले सिनामंगलस्थित सशस्त्र प्रहरी बलको विपद् उद्धार गण नम्बर २० को स्थलगत निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा उनीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै महानिरीक्षक (आईजीपी) समेत सहभागी थिए ।

वर्षायाम सुरु भएसँगै हुनसक्ने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै मन्त्री गुरुङले उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वतयारीको अवस्थाबारे जानकारी लिएका हुन् । नागरिकको जिउधनको सुरक्षाका लागि उपलब्ध स्रोत-साधनलाई तयारी अवस्थामा राख्न उनले सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिएका छन् ।

विपद्का बेला तत्काल परिचालन हुनुपर्ने उद्धार टोलीको मनोबल र भौतिक पूर्वाधारको अवस्था बुझ्न आफू फिल्डमा उत्रिएको उनले बताए । यसअघि मन्त्रालयमा आगामी वर्षको बजेट तथा नीतिगत कार्यक्रमबारे गृह प्रशासनका उच्च अधिकारीहरूसँग दिनभर मन्त्री गुरुङले छलफल गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : ४८ बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी