रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै « Khabarhub

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले समस्या भोग्दै आएको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

रोशी खोलामा आउने बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याउँदै आएको छ । वर्षातको समयमा हुने जनधनको क्षति र स्थानीयको सास्तीबारे निरन्तर गुनासो आएपछि गृहमन्त्री गुरुङले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको हो । निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र उच्च जोखिममा रहेका बस्तीको वस्तुस्थितिबारे जानकारी लिनेछन् ।

बर्खा सुरु हुनुअघि नै सम्भावित विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ । निरीक्षणपछि गृहमन्त्रीले त्यहाँको पूर्वाधार संरक्षण र दीर्घकालीन सुरक्षाका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी तथा समन्वयका लागि निर्देशन दिने छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ९ : ०२ बजे

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई