गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ « Khabarhub

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गएराति गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको बताइएको छ । घुँडामुनि गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

लागूऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा ब्युरोका एसपी रेग्मी सहितको टोली उक्त क्षेत्रमा पुगेको थियो ।

प्रहरीसँग जम्काभेट हुँदा कारोबारीहरू भागेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको बताइएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ किलोग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ९ : २१ बजे

काठमाडौँको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्रीले बढ्यो

काठमाडौँ– काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति

हात्तीको जोखिमबाट धानबाली जोगाउन सुरक्षाकर्मीसहित स्थानीय धान काट्दै

भद्रपुर- झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा

कोप–३१ सफल बनाउन सबै पक्ष लचिलो बन्नुपर्छ : साइमन स्टिल

टर्किए- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको