आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित « Khabarhub

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशमा उत्साहित देखिएका छन् ।

सोमबार परेको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने उत्तरी रसुवाका किसानको आशा छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने बताइएको छ । उत्तरी रसुवाको गतलाङ क्षेत्रमा उल्लेख्य मात्रामा हिमापत भएको स्थानीय किसान कुमार लामाले बताए ।

विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यसपटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयको भनाइ छ । हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा छ । यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गरेको हो ।

गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन छ । यसका कारण यहाँ उत्पादन हुने आलु असारदेखि बजारमा आउने किसानले बताएका छन् । जसले किसानलाई थप आम्दानीको अवसर सिर्जना गरेको छ ।

कृषि विकास कार्यालय रसुवाले २०५० सालमा गतलाङ क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका ५०० भन्दा बढी घरपरिवारको आलु प्रमुख नगदे बाली हो । आलु बिक्री गरेर किसानले चामल खरिद गरी ल्याउने गरेका छन् । यस वर्ष ३०० ट्रकभन्दा बढी आलु उत्पादन हुने किसानले अनुमान गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ११ : ०० बजे

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल

दलको नेतामा सहमति खोज्दै कांग्रेस, अन्तिम दौडमा यी तीन सांसद

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा पुगेका ६ दलमध्ये

रामकुमारीसहित एमाले सांसदलाई ‘साइबर बुलिङ’, दिए प्रहरीमा उजुरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

लन्डन– इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई