वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर गोदावारी नगरपालिका-१२ बस्ने २५ वर्षीय आयुष कार्की र काठमाडौं महानगरपालिका-३१ बस्ने डोटी घर भएका २७ वर्षीय किरण ताम्राकार रहेका छन् ।

पक्राउ मध्ये आयुषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख ९० हजार रूपैयाँ र किरणले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आयुषलाई ललितपुर गोदावरी नगरपालिका- १२ बाट र किरणलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : ३३ बजे

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा

चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले चक्रपथ पुननिर्माणलाई

एमालेका विशेष महाधिवेशन पक्षधरहरूलाई च्यासल बोलाइयो

काठमाडौं– भदौको जेन-जी आन्दोलनकै समयदेखि हट्नुपर्ने दबाब खेपिरहेका नेकपा एमालेका

राष्ट्रियसभाबाट प्राप्त तीन विधेयक प्रतिनिधिसभामा टेबुल

काठमाडौं– प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त विभिन्न तीन विधेयकहरू टेबुल गरिएको

मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित

जलेश्वर– जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा