राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट « Khabarhub

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्ट लामो समयसम्म नेपाल राष्ट्र बैंकमा कार्यरत रहेर कार्यकारी निर्देशक पदबाट रिटायर्ड भएका थिए ।

उनको जन्म डोटीको शिखर नगरपालिका वडा नं. १ मा भएको हो । उनी २५ वर्ष देखि नेपाल राष्ट्र बैंकमा कार्यरत भएर अवकाशमा गएका थिए।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको प्रमुखका रूपमा पनि काम गरेका उनले बैंक नियमन बिभाग, सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख भएर काम गरेका थिए । उनले लामो समय बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हाले ।

डा. भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट मास्टर्समा स्वर्ण पदक जितेका उनको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र, र विकास अर्थशास्त्रमा केन्द्रित छ।

उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन्। डा. भट्ट नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदा बैंकिङ सुपरिवेक्षण, भुक्तानी प्रणाली सुधार, र मौद्रिक नीतिहरूको विकासमा योगदान दिए।

उनको नेतृत्वमा आर्थिक अनुसन्धान विभागले नेपालका आर्थिक सूचकहरूको विश्लेषण र पूर्वानुमानमा महत्वपूर्ण भूमिका खेलेको थियो । अर्थशास्त्रको व्यावहारिक पक्षको राम्रो ज्ञान भएका उनलाई अब बालेन्द्र शाह नेतृत्वको सरकारले देशको समग्र नीति योजनाको जिम्मेवारी सुम्पिएको हो।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : ४१ बजे

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि