काठमाडौं– प्रतिनिधिसभा सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले उक्त माग राखेकी हुन् ।
तयसतै बैठकमा सांसद इन्दिरा रानामगरले मुलुकका भविष्यका कर्णधार युवा दुर्व्यसनको सिकार भइरहेको अवस्थामा समाधानका लागि नयाँ कार्यक्रम ल्याउन माग गरिन् ।
सांसद एलिजा गुरुङले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा घोषणा गरिएका प्रतिबन्धित क्षेत्रलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरिन् ।













प्रतिक्रिया