चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग « Khabarhub

चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले चक्रपथ पुननिर्माणलाई तीव्रता दिन माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चक्रपथ निर्माणको प्रक्रियाले विकासको लथालिङ्ग अवस्था उजागार गरेको बताएका हुन् । उनले सन् २०१८ मा सुरु भएको चक्रपथ निर्माणको प्रक्रियाले विकासको लथालिङ्ग अवस्था उजागर गरेको बताए ।

अब उक्त योजना तीव्र गतिमा सम्पन्न गराउन सरकारसँग सांसद पराजुलीको माग छ । ‘चक्रपथ निर्माणमा ढिलाइ हुँदा जनताले धुलो र हिलो भोग्नुपरेको समस्या चाँडै समाधान होस्,’ उनले भने ।

योसँगै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने ढुङ्गेधाराको डुबानको समस्या समाधानका लागि पनि उनले सरकारसँग आग्रह गरे । ‘मेरो निर्वाचन क्षेत्रमा पर्ने ढुङ्गेधाराका नागरिकले वर्षौदेखि डुबानको समस्या खेप्नुपरेको छ । यस्तै त्यहाँ निर्माण गर्नुपर्ने अण्डरपासको काम पनि भएको छैन,’ उनले भने ।

यस्तै, बर्खायाम सुरु हुनुअधिनै समस्या समाधानको योजना बनाउन सरकारलाई उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : १२ बजे

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले