मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव « Khabarhub

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशको आज  जनकपुरधाममा आयोजित सातौँ प्रदेशसभाको उद्घाटन समारोहमा उनले नीजि क्षेत्रलाई प्रोत्साहन र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। 

मुख्यमन्त्री यादवले भने,’निजी क्षेत्रको सक्रियताबिना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले सरकारले नीतिगत सुधार र सहजीकरणमार्फत लगानी आकर्षित गर्ने वातावरण बनाउँदैछ ।’

मधेस प्रदेश, नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा सोहन साहले दीगो र समावेशी विकासका लागि दीर्घकालीन योजनाको आवश्यकता औँल्याए । उनले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीले प्रदेशबीचको सहकार्य र अनुभव आदानप्रदानले उद्योग व्यवसाय विस्तारमा टेवा पुग्ने विचार व्यक्त गरे । उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सशक्त बनाउनु आवश्यक रहेको बताए।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले स्थानीय तह र निजी क्षेत्रबीच सहकार्यमा जोड दिँदै लगानी प्रवर्द्धनका लागि सहजीकरण गर्न स्थानीय तहले पनि आपश्यक भूमिका खेल्ने बताए ।

कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विजयकुमार साहले उद्योगी–व्यवसायीको हित संरक्षण गर्दै प्रदेशमा लगानीमैत्री वातावरण निर्माणका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्र र सरकारबीच समन्वय बढाउँदै आर्थिक गतिविधि विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।

कार्यक्रमका अध्यक्ष तथा महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेस प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगी–व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनले प्रदेशमा उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत स्थिरता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : ५९ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी