धुलिखेल-खावा सडक कालोपत्र सुरु (तस्बिरहरू) « Khabarhub

धुलिखेल-खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट कालोपत्रेको काम सुरु भएको हो । 

‘धुलिखेल–खावा ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे हुनेछ भने दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे हुने छ ।

वर्षौं देखि अलपत्र पारिएको सो सडक अन्तर ताकुचा क्षेत्रको सडक कालोपत्र काम सुरु गरिएको हो । अघिल्लो पटक २०७९ जेठ २० मा २२ महिनामा काम सक्ने गरी गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको थियो ।

सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द गरेर १४ महिनामा काम सक्ने गरी गत साउनमा नयाँ ठेक्का खुलाइएको थियो । नेपाल सरकारबाट ४२ करोडको श्रोत सुनिश्चित भई १४ महिनाको अवधि तोकेर नयाँ ठेक्का लगाइएको छ । यस ठेक्का अनुसार बर्खा नलाग्दै सडकमा पिचको काम सक्नेगरी सिएम एवन काली जेभीले काम गरी रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ४ : ५८ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार