धुलिखेल-खावा सडक कालोपत्र सुरु (तस्बिरहरू) « Khabarhub

धुलिखेल-खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट कालोपत्रेको काम सुरु भएको हो । 

‘धुलिखेल–खावा ४ किलोमिटर सडकमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे हुनेछ भने दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे हुने छ ।

वर्षौं देखि अलपत्र पारिएको सो सडक अन्तर ताकुचा क्षेत्रको सडक कालोपत्र काम सुरु गरिएको हो । अघिल्लो पटक २०७९ जेठ २० मा २२ महिनामा काम सक्ने गरी गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको थियो ।

सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द गरेर १४ महिनामा काम सक्ने गरी गत साउनमा नयाँ ठेक्का खुलाइएको थियो । नेपाल सरकारबाट ४२ करोडको श्रोत सुनिश्चित भई १४ महिनाको अवधि तोकेर नयाँ ठेक्का लगाइएको छ । यस ठेक्का अनुसार बर्खा नलाग्दै सडकमा पिचको काम सक्नेगरी सिएम एवन काली जेभीले काम गरी रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ४ : ५८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा