मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन « Khabarhub

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो । 

कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन भएको जानकारी दिए। यसैगरी पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविधतर्फ रु तीन लाख १३ हजार ८६९ राजस्व सङ्कलन भएको उनले बताए । 

राजस्व रकममध्ये पुँजीगत लाभकर सङ्घीय सरकारमा पठाउने प्रावधान छ । त्यसबाहेक पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत शीर्षकको राजस्व रकम प्रदेश सरकारमा पठाउने प्रावधान रहेको कार्यालय प्रमुख विष्टले बताए । 

सङ्कलित राजस्वमध्ये रजिष्ट्रेसन शुल्कअन्तर्गतको कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान रहेको छ ।

यहाँ गत आर्वमा विभिन्न राजस्व शीर्षकअन्तर्गत रु दुई करोड ४० राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड ४२ लाख २३ हजार, सेवा शुल्कबाट रु ९८ लाख २४ हजार, गुठीबाट उठेको राजस्व रु तीन लाख ६४ हजार र पुँजीगत लाभकरतर्फ रु ८४ लाख २९ हजार रहेको थियो । 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : ४० बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक