महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान « Khabarhub

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् । वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप्टिस’ (मसला)का रूखमा ढकमक्क फूल खिलेको बेला पारेर चितवनका किसान यहाँ माहुरी चराउन आइपुगेका हुन् ।

यसपालि यहाँ ठूलो हुरीबतास र असिना नपर्दा माहुरीलाई अनुकूल मौसम भएको माहुरीपालक किसानको भनाइ छ । ‘यहाँका वनमा फागुनको सुरुआतदेखि नै वनस्पतिमा राम्ररी फूल फुलेका छन्, त्यसैले माहुरी चराउन यहाँ आएका हौँ’, चितवन खैरहनी–४ का ४५ वर्षीय सुरेश बस्नेत भन्छन् ।

उनले यसपालि फागुन पहिलो साता महोत्तरीका वनमा राखेका दुई ८४ घार माहुरीबाट हालसम्म २० क्विन्टल मह उत्पादन भएको जानकारी दिए । ‘अझै छ÷सात क्विन्टल उत्पादन हुन्छ होला । यसपालि हालसम्म महबाट रु १० लाख जति आम्दानी लिइयो । यहाँका वनका वनस्पतिका फूलमा प्रशस्त रस हुँदा राम्रो मह उत्पादन भएको हो,’ बस्नेतले भने ।

चितवन कालिका–७ का अशोक बस्नेतले यहाँका विभिन्न क्षेत्रमा एक सय २५ घार माहुरी राखेका छन् । उनले गत फागुन पहिलो सातायता हालसम्म आठ क्विन्टल मह उत्पादन भएको बताए । यस्तै, खैरहनी–८ का ३५ वर्षीय युवराज कार्कीले एक सय तीन घार माहुरीबाट सात क्विन्टल मह उत्पादन गरिसकेको बताए ।

सबैभन्दा पाका ७७ वर्षीय अशोक बस्नेतको प्रेरणाले आफूहरू माहुरीमा रमेको बस्नेत र कार्कीको भनाइ छ । ‘म कमाउन भनेर सउदीअरेबिया पनि गएँ, भनेजस्तो काम नपाएर फर्केपछि यहीँ माहुरीपालनमा लागे’, सुरेशले भने, ‘यसै व्यवसायबाट केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ । पछिल्ला तीन÷चार वर्षयता राम्रै कमाइ भइरहेको छ ।

मामा अशोकको प्रेरणाले आफू माहुरीपालनमा लागेको र अब यही व्यवसायबाट सन्तुष्टि मिलेको कार्कीको भनाइ छ । उद्यम सञ्चालन गर्न चितवनका कृषिसम्बद्ध सरकारी कार्यालय र स्थानीय तहले अनुदान दिएकाले व्यवसाय सञ्चालनका लागि आफूहरूलाई सहयोग पुगेको मौरीपालक किसानले बताउने गरेका छन्, तर कुकाठबाट बन्ने घारमा बढी रकम काटिँदा अनुदान रकमको ठूलो हिस्सा त्यसैमा जाने गरेको धेरैजसोको भनाइ छ ।

‘कृषि कार्यालयले यस्ता घार अनुदान रकमबाट कट्टा हुनेगरी उपलब्ध गराउँछन्, यसको मूल्य प्रतिघार तीन रु हजार ५०० काटिन्छ’, सुरेश भन्छन्, ‘सरकारले हामीलाई कुकाठ उपलब्ध गराए हामी आफैँ कम लागतमा घार बनाउँथ्यौँ । यो व्यवस्था हुन नसक्दा अनुदान रकमको ठूलो हिस्सा घारमै जाने गरेको छ ।’

महोत्तरी माहुरीका लागि राम्रो चरणको क्षेत्र भए पनि यही जिल्लाका किसान भने यसतर्फ आकर्षित हुनसकेका छैनन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : ०१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको