पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा « Khabarhub

पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौँडामा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ। महासंघको यही चैत २३ गते बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष विपुल पोखरेल, अध्यक्षका प्रत्यासी रमेश विष्ट र पूर्वअध्यक्ष गोविन्द आचार्यलाई सल्लाहकारमा मनोनयन गरेपछि विवाद टुंगिएको हो ।

महासंघका तत्कालीन अध्यक्ष पोखरेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका रमेश विष्टले पनि राजीनामा दिएको शुन्यतामा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेर महासंघको निर्वाचन सम्पन्न गरी पदभार हस्तान्तरण गरेकी तत्कालीन कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई महासंघले ‘विशेष सम्मान’ गर्ने निर्णय गरेसंगै विवाद अन्त्य भएको हो ।

सल्लाहकार विवाद टुंगिएपछि मंगलबार महासचिव रामप्रसाद दाहालले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन्। महासंघको बैठक चैत २८ र २९ गते मकवानपुरको हेटौँडामा बस्ने भएको छ ।

यसअघि काठमाडौँको तीनकुनेमा बस्ने गरी बोलाइएको बैठकमा अध्यक्ष निर्मला शर्माले छापामार शैलीमा सल्लाहकार बोलाएको भन्दै विरोध भएको थियो भने बैठक समेत अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १० : १७ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी