काठमाडौँ – आज २०८३ साल वैशाख २४ गते बिहीबार । जेठ कृष्ण पक्षको पञ्चमी तिथि। किराँत समाज सुधार दिवस । तदनुसार सन् २०२६ मे ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। बोलीमा सुधारको खाँचो देखिन्छ। व्यापारमा अगाडि बढेमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीमा सुधार हुनेछ। राजनीतिमा भने विपक्षीको अवरोधको सामना गर्नुपर्ने हुनसक्छ।
वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। मनमा उत्साह बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।
मिथुन : धार्मिक भ्रमणको तय हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिक दाउपेचमा शंका बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। परिवारबाट सुख र शान्ति मिल्नेछ।
कर्कट : सोचेको काम बन्नाले मनमा शान्ति मिल्नेछ। तपाईंको कामको प्रशंसा गर्नेहरु बढ्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। आफन्तबाट भने जोगिनुपर्ने दिन छ ।
सिंह : दिन राम्रो छ। भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। साथीभाइको सहयोग प्राप्त हुने समय भएकाले आफ्नो काम गर्न सक्ने समय छ। उपचारमा भए स्वास्थ्यले साथ दिनेछ। धार्मिक क्षेत्रमा मिहिनेत नगर्नु राम्रो हुनेछ।
कन्या : दिन सामान्य छ। तपाईंले गरेको कामबाट अरुले फाइदा लिने जोखिम छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला : संकटमा परेको व्यवहारमा सुधारका संकेत देखा पर्नेछन्। मनमा सकारात्मक सोच बढ्नेछन्। अरुलाई क्षमा दिने सोचको विकास हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा खटपटीका संकेत देखिनेछन्।
वृश्चिक : धनलक्ष्मी योग परेको छ। सञ्चित धनको सदुपयोग गर्नुपर्नेछ। गोप्य कुरा परिवारभित्र सार्वजनिक गर्नु राम्रो हुनेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ।
धनु : दिन राम्रो छ। आम्दानीका : रोत भेटिनेछन् । अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ। राजनीतिक निर्णय तपाईंको पक्षमा हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मकर : दिन सामान्य छ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। एकल यात्रामा जोखिम बढ्नेछ। स्वास्थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा साथीहरुले नै घेराबन्दीमा पार्ने जोखिम छ। बौद्धिक साथी विपक्षी कित्तामा पुग्दा अप्ठेरो परि: थिगति बन्ने जोखिम छ।
कुम्भ : साना कुराले मन अशान्त बन्नेछ। आफन्तले तपाईंका काममा अवरोध गर्नेछन्। शनिदेव जन्म कुण्डलीको ३, ६ र ११ औं : थानमा भए महत्त्वपूर्ण काम बन्नेछ।
मीन : आज पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बोलीमा सर: वतीको बास भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।














प्रतिक्रिया