बागमतीका मुख्यमन्त्री बानियाँबाट भाषा दिवसको शुभकामना « Khabarhub

बागमतीका मुख्यमन्त्री बानियाँबाट भाषा दिवसको शुभकामना


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।

बागमती प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी भाषा दिवस मनाइरहेको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् ।

सन्देशमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको उल्लेख गरे । साथै उनले सबै भाषाहरूको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी बागमती प्रदेश सरकारले तामाङ, नेपाल भाषा (नेवारी) लाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागू गरेको वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसको रूपमा मनाउँदै आएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १२ : ०१ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको