बागमतीका मुख्यमन्त्री बानियाँबाट भाषा दिवसको शुभकामना « Khabarhub

बागमतीका मुख्यमन्त्री बानियाँबाट भाषा दिवसको शुभकामना


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।

बागमती प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी भाषा दिवस मनाइरहेको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् ।

सन्देशमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरूको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको उल्लेख गरे । साथै उनले सबै भाषाहरूको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी बागमती प्रदेश सरकारले तामाङ, नेपाल भाषा (नेवारी) लाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागू गरेको वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसको रूपमा मनाउँदै आएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  १२ : ०१ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या