महासंघको नयाँ नेतृत्वको शपथ ग्रहण सम्पन्न « Khabarhub

महासंघको नयाँ नेतृत्वको शपथ ग्रहण सम्पन्न


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ लगायत कार्यकारिणी समितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहीबार महासंघको सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममाबीच महासंघको ६० औँ साधारणसभा निर्वाचन समितिले अध्यक्ष लगायत पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । 

प्रमाणपत्र प्रदानपछि महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका थिए भने अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरूलाई शपथ गराए  ।

यसैबीच महासंघका अध्यक्ष श्रेष्ठले बिहीबार नै पदबहाली गरेका थिए । पदबहालीपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले व्यावसायिक वातावरण बनाउन र निजी व्यवसायीको मनोबन बढाउने काम गर्न नयाँ सरकारसँग संवाद सुरु भइसकेको बताए। जनतासँग क्रयशक्ति कम रहेकाले  बढाउन पुँजी परिचालन गर्नुपर्ने उनले जोड दिए  । 

अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता रहेपनि साना तथा मझौला व्यवसायीलाई लगानीका लागि पुँजीको अभाव रहेकाले यस्तो अवस्थालाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  १ : ३८ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको