नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य « Khabarhub

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले  स्कटल्याण्डको राष्ट्रिय टोलीलाई जितका लागि २७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर  पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको हो । 

नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ६५ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन ।

त्यसैगरी ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे । सन्दीप जोरा ३४, पवन सरार्फ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए । दीपक डुम्रेले  अविजित २३ रन बनाए ।

स्कटल्याण्डका लागि ब्राण्डली करी र सफियान सरिफले समान २÷ २ विकेट लिए भने ओलिभर डेभिडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १-१ विकेट लिए । स्कटल्याण्ड अहिले जबाफी ब्याटिङमा उत्रेको छ । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  २ : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका