लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त « Khabarhub

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ । उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्यले फुलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका हुन् ।

विश्वविद्यालयले दूतमा नियुक्त चिनियाँ नागरिक फु छियाङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवर्द्धन तथा सांस्कृतिक आदानप्रदान तथा पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ । 

सन् २०२५ देखि सोही विश्वविद्यालयमा बौद्ध दर्शनशास्त्र अध्ययनरत उनले चीनबाट परोपकारी सहयोग जुटाएर नेपाली ग्रामीण बस्तीमा इनार निर्माण, विश्वविद्यालय पुस्तकालयमा सहयोगलगायत विभिन्न परियोजनामा सक्रिय योगदान पुर्‍याएको छ ।

त्यसैगरी, उनले विश्वविद्यालयको शैक्षिक विशेषता र अध्ययन वातावरणबारे चीनमा व्यापक प्रचार–प्रसार गरेकोमा विश्वविद्यालयले विशेष मूल्याङ्कन गरेको बताइन्छ ।

फलस्वरुप यसबाट धेरै चिनियाँ विद्यार्थीहरू विश्वविद्यालयमा आकर्षित भएका हुन् । उनकै प्रयासमा केही चिनियाँ विद्यार्थीहरू लुम्बिनी बौद्ध विश्वविद्यालयमा भर्ना भएका छन् ।

नवनियुक्त दूत फु छियाङले बौद्ध दर्शनशास्त्र अध्ययनमा आफ्नो शैक्षिक यात्रालाई अझ सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपालकै एक मात्र बौद्ध विश्वविद्यालयको पहिचान र बौद्ध धर्मको वास्तविक सार विश्वसामु प्रस्तुत गर्ने लक्ष्य लिएका छन् । 

विश्वविद्यालयले पनि आगामी दिनमा अन्तर्राष्ट्रिय सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई अझ सशक्त बनाउने विश्वास लिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ४ : २४ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा