स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त « Khabarhub

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्त गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दैनिक प्रशासनिक तथा स्वास्थ्य सेवा सञ्चालनलाई सहज बनाउने उद्देश्यले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बिमा बोर्डमा निमित्त नेतृत्व तोकेको हो ।

स्वास्थ्यमन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राडा समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा. नरेन्द्र विक्रम गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्रा.डा विनम्र विष्ट नियुक्त भएका छन् । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्रा.डा इन्द्र लिम्बू, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको निमित्त निर्देशकमा सह प्राडा सुरेश रसाइली नियुक्त भएको मन्त्रालयले जनाएको छ । 

भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पताल क्यान्सर अस्पतालको निमित्त निर्देशकमा डा उमेश नेपाल र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा सहप्रा डा. रविन्द्र भक्त तिमला नियुक्त भएका छन् । त्यसैगरी, स्वास्थ्य बिमा बोर्डको निमित्त निर्देशकमा शकुन्तला प्रजापति नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निषा मेहताले यी स्वास्थ्य यी प्रतिष्ठान, अस्पताल र बोर्डका दैनिक कामकाज प्रभावित हुन नदिन अस्थायी रूपमा निमित्त निर्देशक तोकिएको जानकारी दिए । उनका अनुसार सरकारले छिट्टै खुला प्रतिस्पर्धामार्फत नेतृत्व छनोट प्रक्रिया अघि बढाइनेछ । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ५ : ५८ बजे

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज