वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ « Khabarhub

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन गरेको गिरफ्तारी अभियानका क्रममा बिहीबार १७ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

स्थानीय स्रोतका अनुसार इजरायली सेनाले कल्किल्याको पूर्वमा रहेको अजुन सहर र दक्षिणमा रहेको हाबला सहरमा छापा मार्दै १४ जना प्यालेस्टिनीलाई पक्राउ गरेको हो । छापामार कारबाहीका क्रममा सेनाले घरहरूको खोजतलास गर्नुका साथै सामग्रीसमेत तोडफोड गरेको बताइएको छ ।

त्यसैगरी, नब्लुसको पूर्वमा रहेको न्यू अस्कर शरणार्थी शिविरबाट एक जना, हेब्रोनको दक्षिणमा रहेको यट्टा सहरबाट एक जना तथा बेथलेहेमको दक्षिणमा रहेको वाडी राहल गाउँबाट एक युवकलाई पक्राउ गरिएको जनाइएको छ ।

इजरायली सेनाले टुबास सहरमा पनि सैन्य कारबाही सञ्चालन गरेको दाबी गर्दै तम्मुन क्षेत्रमा घर–घरमा छापा मारेको जनाएको छ ।

कब्जा गरिएको वेस्ट ब्यांक र पूर्वी जेरुसेलमका विभिन्न सहर तथा शरणार्थी शिविरमा इजरायली सेनाले दैनिकजसो छापा मार्ने, गिरफ्तारी गर्ने तथा आक्रमण गर्ने गतिविधि जारी राखेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ६ : ०८ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका