‘पुराना बोझ नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइप्रति रिजालको आपत्ति: सीमा र सन्धिका प्रस्ताव ‘बोझ’ हुन् ? « Khabarhub

‘पुराना बोझ नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइप्रति रिजालको आपत्ति: सीमा र सन्धिका प्रस्ताव ‘बोझ’ हुन् ?


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता विष्णु रिजालले परराष्ट्रमन्त्रीले भारतीय विदेशमन्त्रीसँगको वार्तामा प्रयोग गरेको ‘पुराना बोझ बोक्दैनौँ’ भन्ने वाक्यांशप्रति आपत्ति जनाउँदै सरकारसँग स्पष्टीकरण माग गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले नेपालले भारतसँगका कुन-कुन ऐतिहासिक मुद्दालाई ‘पुरानो बोझ’ ठहर गरेको हो भन्दै त्यसको परिभाषा माग गरेका हुन् ।

नेपाल र भारतबीच कूटनीतिक संवादका माध्यमबाट सुल्झाउनुपर्ने कैयौँ विषय बाँकी रहेको उल्लेख गर्दै रिजालले ‘पुराना बोझ नबोक्ने’ नाममा थाँती रहेका दुई पक्षीय विषय अब नउठाउन खोजिएको त होइन भनी आशंका व्यक्त गरेका छन् । उनले यस विषयमा सरकारले अविलम्ब स्पष्ट पार्नुपर्ने भन्दै चारवटा गम्भीर प्रश्न उठाएका छन् ।

“कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको मिचिएको भूभागका बारेमा वार्ता गर्ने प्रस्ताव र सन् १९५० को सन्धि पुनरावलोकन गर्ने लामो समयदेखिको प्रस्ताव ‘पुरानो बोझ’ हो ?” रिजालले प्रश्न गरेका छन्, “दुवै देशले गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको सर्वसम्मत प्रतिवेदन र ३० वर्षअघि हस्ताक्षर भएर हालसम्म कार्यान्वयन नभएको महाकाली सन्धि कार्यान्वयनको प्रस्ताव पुरानो बोझ हो ?”

कूटनीतिमा शब्दहरूको प्रयोग राज्यको निरन्तरतासँग सम्बन्धित हुने भन्दै नेता रिजालले राष्ट्रिय सरोकारका यी गम्भीर विषयमा देश भित्र आवश्यक बहस हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १० : २० बजे

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा

के बालेन सीमित विकल्पतर्फ पुग्न लागेका हुन् ?(एक्सप्लेनर)

काठमाडौं– नेपाली राजनीतिको केन्द्रमा नयाँ ढंगले उदाएका प्रधानमन्त्री वालेन्द्र शाह

सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व

निर्वाचन परिणामलाई लिएर हार स्विकार्दिनँ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचन परिणामलाई