अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते « Khabarhub

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो ।

जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको कमाण्डमा गएको प्रहरी टोलीले घाइतेको तत्काल उद्धार गरी उपचारका जिल्ला अस्पताल मङ्गलसेन लगिएको थियो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मृतक भाटका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका ३० वर्षीय बद्री भाट रहेका छन् भने दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ । जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १० : ३५ बजे

बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड

काठमाडौं– बाथरोगको रोकथाम तथा रोग लागेमा प्रारम्भिक चरणमै उपचार गरेर स्वास्थ्यलाभ

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर-व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

टीकापुर– अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई सूचना

जब इजरायली सेनाले सात महिने शिशुलाई गोली हानेर ज्यान लियो

हेब्रोन- कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर सात

रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता

सेन्ट पिटर्सबर्ग- रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथ चन्द- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ