प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस « Khabarhub

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा पोस्टलाई लिएर सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । प्रधानमन्त्री शाहले शनिबार राति रोमन लिपिमा ‘मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न ?’ भनी पोस्ट गरेको भन्दै सामाजिक सञ्जालमा चर्चा चुलिएको हो । यो बालेनको फेरिफाइड फेसबुक अकाउन्ट भने होइन ।

प्रधानमन्त्रीको उक्त पोस्टलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रधानमन्त्रीका सल्लाहकारले कमेन्टगरेका छन् । त्यो पोष्टमा सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । सर्वसाधारणले देशको कार्यकारी प्रमुखको पदको गरिमा अनुकूल यो पोष्ट नभएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्रीको उक्त स्टाटसमा शिक्षामन्त्री सस्मित पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसद रञ्जु दर्शना, ज्वाला सङ्ग्रौलालगायतले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहको यो भनाइ केही दिनअघि आफूलाई एसएमएस पठाएको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करप्रति लक्षित व्यङ्ग्य गरेको देखिन्छ । प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका लागि सन्देश पठाएको आरोपमा सचिव पुष्करलाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर बयान लिएपछि छाडेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १० : ५८ बजे

‘सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित काम गरिरहेको छ’

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सुधन गुरुङ

गोरखा– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा

इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि अमेरिकाप्रति इरानको आपत्ति

तेहरान- इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय

धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

गोदावरी– धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर

काठमाडौं– नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला