जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता « Khabarhub

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । 

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले खानपानको सुनिश्चितमार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको बताएकी हुन् । उनले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकता राखिएको बताइन् । 

यसका साथै खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यलाई तीव्रता दिइने शुभकामना उल्लेख गरिएको छ । 

खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रियामा स्वच्छता कायम राख्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री मेहताले यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरुरी रहेको बताएकी छन्  ।

उनले असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थ्यकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने उल्लेख गरिन् । 

मन्त्री मेहताले यस दिवसले खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्तालगायत सबै सरोकारवालालाई स्वच्छ खानपानको महत्त्व आत्मसाथ गर्न र आआफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेकी छन् । 

आज नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष ६० करोड मानिसले दूषित खानाका कारण बिरामी पर्ने र चार लाख २० हजार मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । रासस

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १२ : ११ बजे

‘सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित काम गरिरहेको छ’

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सुधन गुरुङ

गोरखा– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा

इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि अमेरिकाप्रति इरानको आपत्ति

तेहरान- इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय

धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति

गोदावरी– धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर

काठमाडौं– नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला