काठमाडौंमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन गर्ने सम्झौता « Khabarhub

काठमाडौंमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन गर्ने सम्झौता


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुप (सीजी) ले म्यारियट इन्टरनेशनलसँग काठमाडौंमा दुई नयाँ लक्जरी होटल सञ्चालन गर्ने सम्झौता गरेको छ ।

आइतबार सम्पन्न सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा ल्याइने छ । यी दुवै होटल सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

सम्झौतासँगै म्यारियटको नेपालस्थित पोर्टफोलियोमा करिब ३०० नयाँ ‘की’ थपिनेछन्। रिट्ज–कार्लटन ब्रान्ड पहिलोपटक नेपाल भित्रिन लागेको हो ।

ठमेल क्षेत्रमा निर्माण हुने रिट्ज–कार्लटन काठमाडौंमा १५० कोठा, ३० सुइट, पाँच रेस्टुरेन्ट तथा बार, स्पा, फिटनेस सेन्टर र सम्मेलन सुविधा रहनेछ। त्यस्तै, वेस्टिन काठमाडौंमा १५० प्रिमियम कोठा तथा सुइट, स्पा, रूफटप स्विमिङ पुल र आधुनिक बैठक तथा बैंक्वेट सुविधा रहने जनाइएको छ ।

सीजीका अनुसार यी परियोजनाले नेपालको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

होटलहरू चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ७ : २१ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम