काठमाडौंमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन गर्ने सम्झौता « Khabarhub

काठमाडौंमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन गर्ने सम्झौता


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुप (सीजी) ले म्यारियट इन्टरनेशनलसँग काठमाडौंमा दुई नयाँ लक्जरी होटल सञ्चालन गर्ने सम्झौता गरेको छ ।

आइतबार सम्पन्न सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा ल्याइने छ । यी दुवै होटल सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

सम्झौतासँगै म्यारियटको नेपालस्थित पोर्टफोलियोमा करिब ३०० नयाँ ‘की’ थपिनेछन्। रिट्ज–कार्लटन ब्रान्ड पहिलोपटक नेपाल भित्रिन लागेको हो ।

ठमेल क्षेत्रमा निर्माण हुने रिट्ज–कार्लटन काठमाडौंमा १५० कोठा, ३० सुइट, पाँच रेस्टुरेन्ट तथा बार, स्पा, फिटनेस सेन्टर र सम्मेलन सुविधा रहनेछ। त्यस्तै, वेस्टिन काठमाडौंमा १५० प्रिमियम कोठा तथा सुइट, स्पा, रूफटप स्विमिङ पुल र आधुनिक बैठक तथा बैंक्वेट सुविधा रहने जनाइएको छ ।

सीजीका अनुसार यी परियोजनाले नेपालको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

होटलहरू चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ७ : २१ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा