‘अबको केही महिनामा नेपाल र भारत दुवैतिरबाट उच्चस्तरीय भ्रमण हुन सक्छ’ « Khabarhub

‘अबको केही महिनामा नेपाल र भारत दुवैतिरबाट उच्चस्तरीय भ्रमण हुन सक्छ’


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार अपराह्न काठमाडौं फर्किएका छन् ।

भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग द्विपक्षीय वार्ता गरेका थिए ।

व्यापार, लगानी, पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत आपसी हितका विषयमा छलफल भएको मन्त्री खनालले बताएका छन् ।

सीमा समस्या मुख्य एजेण्डा

भ्रमणका बारेमा जानकारी दिँदै मन्त्री खनालले भने, ‘अबको केही महिनाभित्र नेपाल र भारत दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने छन् । त्यसका लागि हामीले छलफल गरेका छौं ।’

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटमा नेपाल–भारतका साझा चासो र सीमा समस्याबारे छलफल भएको उनले जनाए ।

लिपुलेक–कालापानी–मानसरोबर यात्रा बाटो खोलिएको विषयमा नेपालले भारतसँग कूटनीतिक रूपमा प्रश्न उठाएको छ ।

‘हामीले पहिले नै लिपुलेक हुँदै कालापानी हुँदै मानसरोबर यात्रा बाटोमा नेपाललाई नसोधिएको कुरा राखिसकेका छौं,’ खनालले भने, ‘सीमा समस्यालाई समग्र द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल गर्‍यौं ।’

कूटनीतिक प्रयास जारी

परराष्ट्र मन्त्रालयले यस विषयमा कूटनीतिक नोट पठाएको र भारतले जवाफ दिइसकेको मन्त्रीले बताए । दुवै देशका संयन्त्रले फिल्ड सर्भे गरिरहेको पनि उनको भनाइ छ ।

‘विभिन्न ठाउँमा रहेका सीमा समस्यालाई कूटनीतिक माध्यम र संयन्त्रबाट समाधान गर्ने कुरा भएको छ,’ खनालले भने, ‘सीमाको विश्व इतिहास हेर्दा पनि लामो समय लाग्छ । हामी ऐतिहासिक प्रमाणका आधारमा सीमा मुद्दा समाधान गर्नुपर्छ भन्ने पक्षमा छौं ।’

मन्त्री खनालले भारतका सञ्चारमाध्यममा पनि नेपाल–भारतबीच वार्ता नभए अर्को कुनै मञ्चबाट पनि कुरा गर्न सकिने बताएका थिए । ‘वार्तामा बसेर आफ्ना कुरा राख्न नेपाल सरकार तयार छ र उत्सुक छ,’ उनले जोड दिए ।

नेपालले तेस्रो पक्षको मध्यस्थता खोजेको होइन तर सुगौली सन्धिअनुसार सीमा निर्धारण गर्न दस्तावेजहरू खोज्ने काम भइरहेको छ । बेलायतबाट पनि आवश्यक दस्तावेज मागिएको छ । नेपालको राष्ट्रिय अभिलेखालयमा रहेका केही दस्तावेज जलेको पनि उल्लेख छ ।

इन्डिया फाउन्डेशनमा सम्बोधन गर्दै मन्त्री खनालले शुक्रबार नै नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ७ : २८ बजे

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’

कोशीका मुख्यमन्त्रीले परराष्ट्रमन्त्रीलाई सोधे : मोदीसँग के के कुरा गर्नुभयो ?

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परराष्ट्रमन्त्री शिशिर

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको

बालिकालाई जबर्जस्ती अनैतिक काममा लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ

काठमाडौं – ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक

रविले सर्वदलीय बैठक डाक्नुअघि भेटेका थिए प्रधानमन्त्री बालेन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनसँग भेट गरेका