म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा « Khabarhub

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पुनर्निर्माण भइसकेका मठमन्दिर र पुनर्निर्माणको अन्तिम चरमा पुगेका मठमन्दिरको बारेमा रुचिपूर्वक सोधखोज गरेका थिए ।

उक्त अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्काएका सबै सम्पदाको पुनर्निर्माणको काम लगभग सम्पन्न भएको बताए । महानगर प्रमुख महर्जनले मूर्त र अमूर्त सम्पदाबीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रष्ट पारे । नगर प्रमुख महर्जनले मूर्तसँगसँगै अमूर्त सम्पदा संरक्षणमा समेत महानगरले त्यतिकै ध्यान दिएको बताए । मूर्त सम्पदा भन्नाले मठमन्दिर बुझाउँछ भने अमूर्त सम्पदा अन्तर्गत जात्रा, नाच पर्छन् ।

म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले ललितपुरका प्रभावित भएको बताए । उनले ललितपुरको चिनारी कला र संस्कृति भएको बताउँदै यसको संरक्षणमा ललितपुर महानगरले देखाएको चासोको प्रशंसा गरे । पाटन दरबार क्षेत्रको अवलोकन कार्यक्रमा सिटी हस्पिट्लिटीका प्रबन्ध निर्देशक राहुल चौधरी पनि सहभागी थिए ।

उनी दि रिज्ज काल्र्टन र दि वेस्टिन होटल निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम गरिने सहभागी हुन म्यारियट नेपाल आएका हुन् । सिजी हस्पिट्लिटी र म्यारियट इन्टरनेशनलबीचको सहकार्यमा दि रिज्ज काल्र्टन र दि वेस्टिन होटल काठमाडौंमा निर्माण हुँदैछन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ९ : ४८ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ