म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा « Khabarhub

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पुनर्निर्माण भइसकेका मठमन्दिर र पुनर्निर्माणको अन्तिम चरमा पुगेका मठमन्दिरको बारेमा रुचिपूर्वक सोधखोज गरेका थिए ।

उक्त अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्काएका सबै सम्पदाको पुनर्निर्माणको काम लगभग सम्पन्न भएको बताए । महानगर प्रमुख महर्जनले मूर्त र अमूर्त सम्पदाबीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रष्ट पारे । नगर प्रमुख महर्जनले मूर्तसँगसँगै अमूर्त सम्पदा संरक्षणमा समेत महानगरले त्यतिकै ध्यान दिएको बताए । मूर्त सम्पदा भन्नाले मठमन्दिर बुझाउँछ भने अमूर्त सम्पदा अन्तर्गत जात्रा, नाच पर्छन् ।

म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले ललितपुरका प्रभावित भएको बताए । उनले ललितपुरको चिनारी कला र संस्कृति भएको बताउँदै यसको संरक्षणमा ललितपुर महानगरले देखाएको चासोको प्रशंसा गरे । पाटन दरबार क्षेत्रको अवलोकन कार्यक्रमा सिटी हस्पिट्लिटीका प्रबन्ध निर्देशक राहुल चौधरी पनि सहभागी थिए ।

उनी दि रिज्ज काल्र्टन र दि वेस्टिन होटल निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम गरिने सहभागी हुन म्यारियट नेपाल आएका हुन् । सिजी हस्पिट्लिटी र म्यारियट इन्टरनेशनलबीचको सहकार्यमा दि रिज्ज काल्र्टन र दि वेस्टिन होटल काठमाडौंमा निर्माण हुँदैछन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ९ : ४८ बजे

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की