कोशीका मुख्यमन्त्रीले परराष्ट्रमन्त्रीलाई सोधे : मोदीसँग के के कुरा गर्नुभयो ? « Khabarhub

कोशीका मुख्यमन्त्रीले परराष्ट्रमन्त्रीलाई सोधे : मोदीसँग के के कुरा गर्नुभयो ?


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भारत भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट र छलफलका विषय सार्वजनिक गर्न माग गरेका छन्।

कार्कीले रास्वपाका सांसदसमेत रहेका मन्त्री खनालले मित्रराष्ट्र भारतसँग के–कस्ता विषयमा कुराकानी गरेका हुन् भन्नेबारे नेपाली जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताएका हुन्।

उनले विशेषगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय नेतृत्वसँग भएको भेटमा उठाइएका एजेन्डाबारे पारदर्शिता आवश्यक रहेको उल्लेख गरे।

कार्कीले जारी गरेको धारणा अनुसार नेपाल–भारत सम्बन्धका संवेदनशील विषयहरूमा सरकारको आधिकारिक धारणा सार्वजनिक हुनु जरुरी रहेको बताए।

यसैबीच, उनले प्रधानमन्त्री बालेन्द्र शाहले हालै व्यक्त गरेको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे पनि रास्वपाको धारणा माग गरेका छन्। उक्त विषयमा पार्टीको आधिकारिक दृष्टिकोण के हो भन्ने स्पष्ट पार्न उनले आग्रह गरेका छन्।

कार्कीले सीमा विवादजस्तो संवेदनशील राष्ट्रिय मुद्दामा सरकार र सम्बन्धित राजनीतिक दलहरूबीच स्पष्ट र एकीकृत धारणा आवश्यक रहेको बताए। साथै, भारतसँगको वार्तामा सीमा, कूटनीति र द्विपक्षीय सम्बन्धका विषयमा के–कस्ता सहमति वा छलफल भए भन्ने विषय खुलाउन पनि उनले आग्रह गरेका छन्।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ९ : ५४ बजे

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत