हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग « Khabarhub

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएका छौँ । नेपाल सरकारसमक्ष आफूलाई पर्न गएको समस्याप्रति धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीलाई अनुरोध गर्दछौँ ।’

सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि कार्यरत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–६ स्थायी ठेगाना भएका आरोही ५७ वर्षीय दावा शेर्पाको जीवनमा आइपरेको घटनाप्रति आरोही सङ्घसहित सम्पूर्ण आरोहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले भनेको छ, ‘आरोही शेर्पाको परिवार स्रोतका अनुसार उद्धार कार्यमा सम्बन्धित ट्रेकिङ कम्पनीले बेवास्ता गरेको, खोजी गर्नुको सट्टा गैरजिम्मेवार अभिव्यक्ति दिएकोलगायत अन्य गुनासा छन् । दोस्रो आधार शिविरमा ‘कुक’का रूपमा कार्यरत आरोहीलाई चौथो आधार शिविरमा जान दबावमा पार्ने कार्य र छ दिनसम्म बेपत्ता हुँदा उनको खोजी केकसरी गरियो भन्ने विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुन जरुरी ठानेका छौँ ।’

हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति सङ्घ सदैव चनाखो रहने भएको जनाउँदै यस किसिमको दुर्घटनाबाट मानवीय जीवनमा परेको असरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । साथै शेर्पाको परिवारमा सङ्घले ऐक्यबद्धता जनाउँदै सङ्घले भविष्यमा पुनः यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कानुनको निर्माण गरिदिनका लागि माग सरकारसमक्ष गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १० : २४ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी