स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा « Khabarhub

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० ले पराजित भएसँगै पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् ।

पोर्चुगिज टोली विश्वकपको प्रारम्भिक नकआउट चरणबाटै बाहिरिए पनि प्रशिक्षक मार्टिनेजले यस नतिजालाई टोलीको ‘असफलता’ भन्न नमिल्ने दाबी गरे । खेलको ९१ औं मिनेटमा स्पेनका वैकल्पिक खेलाडी मिकेल मेरिनोले गरेको निर्णायक गोल नै पोर्चुगललाई घर फर्काउन पर्याप्त बन्यो । सोही खेलसँगै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको पनि विश्वकप यात्रा सदाका लागि अन्त्य भएको छ ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै मार्टिनेजले भने, “यो हार अवश्य पनि पीडादायी छ, तर यसलाई म असफलता मान्दिनँ । खेलाडीहरूले मैदानमा आफ्नो सर्वस्व सुम्पिएका हुन् ।” उनले रोनाल्डोको खेल जीवन र टोलीको एउटा महत्त्वपूर्ण अध्याय समाप्त भएको उल्लेख गर्दै पोर्चुगिज फुटबल अब नयाँ दिशामा अघि बढ्नुपर्ने बताए ।

४१ वर्षीय रोनाल्डोले इतिहासकै सबैभन्दा ठूलो मञ्चबाट आँसुसहित बिदा लिएसँगै उनले राजीनामा दिएका छन् । राजीनामामा उनले स्पेनविरुद्धको यो हारलाई टोलीको एउटा स्वर्णिम युगको अन्त्य भनेका छन्

आफ्नो खेल जीवनमा विश्वकपको सुनौलो ट्रफी उचाल्न नपाए पनि रोनाल्डोले फुटबल इतिहासमै विरलै खेलाडीले पाउने गौरवमय कीर्तिमानहरू आफ्नो नाममा लेखाइसकेका छन् ।

पोर्चुगलका लागि सबैभन्दा धेरै २७ विश्वकप खेल खेलेका रोनाल्डोले देशका लागि ११ गोल गरे ।

चिरपरिचित प्रतिद्वन्द्वी लियोनेल मेसीसँगको तुलनामा रोनाल्डोले ६ वटै विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो पक्षमा राखेका छन्, जुन मेसीले सन् २०१० को विश्वकपमा गोल गर्न नसक्दा गुमाएका थिए ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : २२ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता