सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै « Khabarhub

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आन्तरिक कार्यविधि पारितका साथै बेरुजु छलफल उपसमिति गठनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ । बैठकमा परराष्ट्रमन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरुमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको छ । बैठकमा परराष्ट्रमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ७ : ३२ बजे

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ :  मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ