विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट « Khabarhub

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन् । संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका क्यानडा, मेक्सिको र अमेरिका लगातार तीन दिनमा पालैपालो पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

यसपटक ४८ टोली सहभागी विश्वकपमा राउन्ड अफ १६ को चरण पार गर्न नसक्दा क्यानडा सबैभन्दा पहिले बाहिरियो । मोरक्कोसँग ३–० ले पराजित हुँदै सहआयोजक क्यानडा विश्वकपबाट बाहिरिएको हो ।

त्यसलगत्तै सोमबार आयोजक मेक्सिको राउन्ड अफ १६ को खेलमा पराजित हुँदै बाहिरिएको हो । इंग्ल्यान्डसँग ३–२ गोल अन्तरले पराजित हुँदै मेक्सिको विश्वकपबाट बाहिरिएको हो ।

घरेलु मैदान र घरेलु समर्थकको बलियो साथ पाएका आयोजक राष्ट्र नकआउट चरणको सुरुवाती चरणमै रोकिनुलाई धेरैले चासोका रुपमा हेरेका छन् । तीनवटै आयोजक टोली नकआउट चरणका लगातार दिनमा बाहिरिएपछि अब विश्वकपको उपाधि होड आयोजक विहीन बनेको छ ।

विश्वकप २०२६ को उपाधि यात्रामा बलियो दाबेदार प्रस्तुत गरिरहेको आयोजक अमेरिका अन्तिम १६ मा बेल्जियमसँग ४–१ को फराकिलो गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो । घरेलु मैदान र हजारौँ समर्थकको अगाडि अमेरिकाले मंगलबार सबैभन्दा कमजोर खेल प्रदर्शन गर्दा विश्वकप इतिहासकै सबैभन्दा निराशाजनक हार बेहोर्नु परेको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : १३ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक