विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट « Khabarhub

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन् । संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका क्यानडा, मेक्सिको र अमेरिका लगातार तीन दिनमा पालैपालो पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

यसपटक ४८ टोली सहभागी विश्वकपमा राउन्ड अफ १६ को चरण पार गर्न नसक्दा क्यानडा सबैभन्दा पहिले बाहिरियो । मोरक्कोसँग ३–० ले पराजित हुँदै सहआयोजक क्यानडा विश्वकपबाट बाहिरिएको हो ।

त्यसलगत्तै सोमबार आयोजक मेक्सिको राउन्ड अफ १६ को खेलमा पराजित हुँदै बाहिरिएको हो । इंग्ल्यान्डसँग ३–२ गोल अन्तरले पराजित हुँदै मेक्सिको विश्वकपबाट बाहिरिएको हो ।

घरेलु मैदान र घरेलु समर्थकको बलियो साथ पाएका आयोजक राष्ट्र नकआउट चरणको सुरुवाती चरणमै रोकिनुलाई धेरैले चासोका रुपमा हेरेका छन् । तीनवटै आयोजक टोली नकआउट चरणका लगातार दिनमा बाहिरिएपछि अब विश्वकपको उपाधि होड आयोजक विहीन बनेको छ ।

विश्वकप २०२६ को उपाधि यात्रामा बलियो दाबेदार प्रस्तुत गरिरहेको आयोजक अमेरिका अन्तिम १६ मा बेल्जियमसँग ४–१ को फराकिलो गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो । घरेलु मैदान र हजारौँ समर्थकको अगाडि अमेरिकाले मंगलबार सबैभन्दा कमजोर खेल प्रदर्शन गर्दा विश्वकप इतिहासकै सबैभन्दा निराशाजनक हार बेहोर्नु परेको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : १३ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको