शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल « Khabarhub

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वसचिव एवं पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा बस्नेले निजी र सार्वजनिक जीवन छुट्याउन नसक्दा भ्रष्टाचार र कुशासनको संस्थागत सुरुवात हुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालको शासकीय संयन्त्रभित्र भइरहेको बिचौलियाको सेटिङ र प्रभावलाई उजागर गरेका हुन् ।

खनालले शक्तिमा रहेका अधिकारीका परिवार र निवासलाई माध्यम बनाएर बिचौलियाहरू कसरी निर्णय प्रक्रियामा हाबी हुन्छन् भन्ने कुरा सिलसिलेवार रूपमा उल्लेख गरेका छन् । उनको फेसबुकमा लेखेका छन्, “शक्तिशाली सार्वजनिक पदमा बहाल अधिकारीले निजी जीवन र सार्वजनिक जीवन छट्याउन सकेनन् भने- भ्रष्टाचार र कुशासनको प्रारम्भ ठ्याक्क त्यही विन्दुबाट हुन्छ।”

निवासमा भेट्न आउने व्यक्तिले पहिला पत्नी वा पतिको भरपूर तरिफ गर्छ। “म्याडम,” “साहेबनी,” “मन्त्राणीज्यू,” “श्रीमान” वा “हजुर” — मौका र व्यक्ति हेरी सम्बोधन गर्दै गुणगान गाउँछ। घरमा केटाकेटी भए सुरुमा चकलेट र बिस्तारै महँगा उपहार ल्याउन थाल्छ। पाल्तु जनावर भए, ट्रीट लिएर आउँछ र त्यो पप्पीको समेत प्रिय बन्छ।

घरका सबैको प्रिय भइसकेपछि, आफ्नो वञ्छित/अवाञ्छित चाहना ती शक्तिसम्पन्न अधिकारीबाट पूरा गराउन उसलाई कुनै गाह्रो पर्दैन। र उसले आफ्नो प्रभावक्षेत्र यसरी विस्तार गर्दै लैजान्छ कि सम्बन्धित निकायका तल्ला निर्णायक अधिकारीहरूलाई समेत, मानौँ ऊ स्वयं नै मुख्य अधिकारी हो जस्तो गरी खटनपटन गर्न थाल्छ।

उनले जेनजी विद्रोहअघिको हाम्रो शासकीय संयन्त्रमा रहेको रोग ठ्याक्कै यही भएको बताएका छन्।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ११ : ४२ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम