बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु « Khabarhub

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरीको मृत्यु भएको छ। घटनापछि केही प्रहरी अझै बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गरेको थियो। आक्रमणमा नौ जना प्रहरीको ज्यान गएको र केही प्रहरीको अवस्था अझै अज्ञात रहेकाले खोजी जारी रहेको उनले बताए।

बलुचिस्तान प्रदेश सरकारका प्रवक्ता शाहिद रिन्दले पनि घटनामा नौ प्रहरीको मृत्यु भएको पुष्टि गर्दै मृतकमध्ये विभिन्न प्रहरी चौकीका वरिष्ठ अधिकारीसमेत रहेको जानकारी दिए। प्रारम्भिक अनुसन्धानका आधारमा आक्रमणमा इस्लामवादी उग्रवादी समूहको संलग्नता रहेको आशङ्का गरिएको उनले बताए।

घटनापछि अर्धसैनिक बल, प्रहरी तथा आतङ्कवादविरुद्ध परिचालित सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा सुरक्षा अभियान सञ्चालन गरेका छन्। आक्रमणकारीहरूको खोजी जारी रहेको जनाइएको छ।

खनिज सम्पदाले समृद्ध बलुचिस्तान प्रान्तमा पाकिस्तान सरकारले वर्षौंदेखि पृथकतावादी विद्रोह र सशस्त्र उग्रवादी समूहको गतिविधिसँग जुध्दै आएको छ। अफगानिस्तान र इरानसँग सीमा जोडिएको यस क्षेत्रमा सुरक्षा निकाय, सरकारी संरचना तथा विदेशी लगानीमा सञ्चालित पूर्वाधार परियोजनामाथि पटक–पटक आक्रमण हुने गरेका छन्।

पाकिस्तानले सीमावर्ती क्षेत्रमा बढेका उग्रवादी गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित समूहहरूलाई जिम्मेवार ठहर गर्दै आएको छ। तर अफगान अधिकारीहरूले त्यस्ता आरोप निरन्तर अस्वीकार गर्दै आएका छन्।

हालैका महिनाहरूमा पाकिस्तानले अफगान सीमावर्ती क्षेत्रमा हवाई आक्रमणसमेत गरेको छ। पाकिस्तानले ती कारबाही उग्रवादीलाई लक्षित गरेको जनाएको भए पनि तालिवान प्रशासन र संयुक्त राष्ट्रसङ्घले ती आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको दाबी गर्दै आएका छन्।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १ : २० बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा