मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण « Khabarhub

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुईदिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ । सांस्कृतिक एवं पुरातात्विक सम्पदाको क्षेत्रमा काम गर्ने निकायका लागि आजदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म चल्ने विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिए ।

कार्यक्रममा सांस्कृतिक एवं पुरातात्विक सम्पदाका चोरी निकासीका विषयमा केन्द्रित भएर तयार पारिएका छवटा प्रस्तुतिकरण गरिने उनले बताए । समारोह शुभारम्भ गर्नुहुँदै विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले चोरी भएका मूर्तिमध्ये ४०९ वटाको निवेदन प्राप्त भएको जानकारी दिए ।

चोरीमध्ये ९६ वटा देशभित्रबाट प्राप्त भएको छ । विदेशबाट २०३ फिर्ता भएका छन् । ९५ वटा मूर्ति विदेशबाट फिर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए ।

चोरी भएका मूर्ति सम्बन्धित स्थानमै प्रतिस्थापन गर्न विभिन्न खालका चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न कार्यविधि तयार पारिएको विभागले जनाएको छ । कार्यालयले तयार पारेको मस्यौदामाथि बुधबार सरोकार भएका निकायबीच छलफल गरी अन्तिम रूप दिइने महानिर्देशक प्रधानाङ्गले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  २ : ४१ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि