अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउँछौँ : मन्त्री लम्साल « Khabarhub

अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउँछौँ : मन्त्री लम्साल


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने बताएका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकका मन्त्रालयगत बजेटमाथिको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले आयोजना निर्माणमा देखिएका समस्याहरू समाधान गर्न खरिद ऐनमा स्पष्ट प्रावधानहरू थप गरिनँ लागेको भन्दै अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।

उनले  खरिद ऐनमा रहेका त्रुटि र निर्माण व्यवसायीहरूले अत्यधिक न्यून मूल्य कबोल गरेर टेन्डर पार्ने प्रवृत्ति मुख्य समस्याका रूपमा रहेको भन्दै अव त्यस्ता समस्याहरूलाई समेत समाधान गरिने स्पष्ट पारे । 

उनले यसअघि आर्थिक अनियमिततालाई मात्र भ्रष्टाचार मानिने गरेकोमा, अब परिमार्जित ऐनले काममा ढिलाइ हुने कार्यलाई समेत भ्रष्टाचार मान्ने उल्लेख गरे । 

मन्त्रालयको उद्देश्य कुनै पनि निर्माण व्यवसायीलाई कालोसूची मा राख्ने वा टेन्डर रद्द गर्ने नरहेको भन्दै उनले व्यवसायीहरूलाई दबाब दिएर भए पनि काम सम्पन्न गराउने मन्त्रालयको मुख्य मनसाय रहेको धारणा राखे । 

फास्ट ट्र्याकमा रहेका धेरै समस्याहरू समाधान भइसकेका र ’जिरो पोइन्ट’ को विवाद पनि छिट्टै टुङ्गोमा पुग्ने चरणमा रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : २२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको