नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा « Khabarhub

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भजनी (कैलाली)- नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा परेको छ । प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा सङ्कटमा परेको हो । त्यसो त, उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ । उक्त जातिको आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिएको सुन अनि माछा हो ।

“हाम्रो पेसा नदी किनारमा सुन खोज्ने, माछा मार्ने हो । वस्ती पनि नदी किनारमै हुन्छन् । पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गर्नुभयो । हामीले पनि यही काम गरेका छौँ”, आशाले भनिन्, “नदीको उत्खननले पेसा सङ्कटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न, बाध्य छौँ ।”

“पूर्खाले गरेको काम नदी उत्खनन्का कारण लोप हुने त होइन भन्ने चिन्ता छ”, उनले भनिन् । कर्णाली नदीमा समूहमा सुन खोज्न व्यस्त सुनिता सोनाहाले ज्यालादारी गरेरभन्दा सुन खोजेर बढी आम्दानी हुने गरेको बताइन् ।

प्रेमनगरमा १० परिवार यही पेसामा आबद्ध छन् । सोनाहा सानो तथा सीमान्तकृत आदिवासी समुदायमध्ये एक मानिन्छ । कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा बसोबास रहेको यो सोनाहा जाति लोपोन्मुख जातिभित्र पर्छ ।

सङ्गीता सोनाहाले जताततै नदी उत्खनन बढेपछि युवा पुस्ता पुरानो पेसा छोड्न बाध्य भएको बताउँछिन् । पहिले पहिले एउटै समूहले दिनका २० लालसम्म सुन भेटाएको सङ्गीताले बताइन् । नदी उत्खनन्ले अहिले सुन भेटाउन मुस्किल रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ४९ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस