नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा « Khabarhub

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भजनी (कैलाली)- नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा परेको छ । प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा सङ्कटमा परेको हो । त्यसो त, उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ । उक्त जातिको आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिएको सुन अनि माछा हो ।

“हाम्रो पेसा नदी किनारमा सुन खोज्ने, माछा मार्ने हो । वस्ती पनि नदी किनारमै हुन्छन् । पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गर्नुभयो । हामीले पनि यही काम गरेका छौँ”, आशाले भनिन्, “नदीको उत्खननले पेसा सङ्कटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न, बाध्य छौँ ।”

“पूर्खाले गरेको काम नदी उत्खनन्का कारण लोप हुने त होइन भन्ने चिन्ता छ”, उनले भनिन् । कर्णाली नदीमा समूहमा सुन खोज्न व्यस्त सुनिता सोनाहाले ज्यालादारी गरेरभन्दा सुन खोजेर बढी आम्दानी हुने गरेको बताइन् ।

प्रेमनगरमा १० परिवार यही पेसामा आबद्ध छन् । सोनाहा सानो तथा सीमान्तकृत आदिवासी समुदायमध्ये एक मानिन्छ । कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा बसोबास रहेको यो सोनाहा जाति लोपोन्मुख जातिभित्र पर्छ ।

सङ्गीता सोनाहाले जताततै नदी उत्खनन बढेपछि युवा पुस्ता पुरानो पेसा छोड्न बाध्य भएको बताउँछिन् । पहिले पहिले एउटै समूहले दिनका २० लालसम्म सुन भेटाएको सङ्गीताले बताइन् । नदी उत्खनन्ले अहिले सुन भेटाउन मुस्किल रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : ४९ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा