नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा « Khabarhub

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा परेको छ । 

प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले  पेसा संकटमा परेको हो । त्यसो त, उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेर नै  बित्ने गर्छ । उक्त जातिको आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिएको सुन अनि माछा हो ।
  
‘हाम्रो पेसा नदी किनारमा सुन खोज्ने, माछा मार्ने हो । वस्ती पनि नदी किनारमै हुन्छन् । पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गरे। हामीले पनि यही काम गरेका छौँ’, आशाले भनिन्, ‘नदीको उत्खननले पेसा संकटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न, बाध्य छौँ ।’,  ‘पूर्खाले गरेको काम नदी उत्खननको कारण लोप हुने त होइन भन्ने चिन्ता छ’, उनले भनिन्। 

कर्णाली नदीमा समूहमा सुन खोज्न व्यस्त सुनिता सोनाहाले ज्यालादारी गरेरभन्दा सुन खोजेर बढी आम्दानी हुने गरेको बताइन्।  

प्रेमनगरमा १० परिवार यही पेसामा आबद्ध छन् । सोनाहा सानो तथा सीमान्तकृत आदिवासी समुदायमध्ये एक मानिन्छ। कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा बसोबास रहेको यो सोनाहा जाति लोपोन्मुख जातिभित्र पर्छ। 

सङ्गीता सोनाहाले जताततै नदी उत्खनन बढेपछि युवा पुस्ता पुरानो पेसा छोड्न बाध्य भएको बताइन् । पहिलेपहिले एउटै समूहले दिनका २० लालसम्म सुन भेटाएको सङ्गीताले बताइन् । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : ११ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई