रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की « Khabarhub

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि तीव्र बन्दै गएको रुसी आक्रमण रोक्न आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रहरूलाई आग्रह गर्ने भएका छन्।

गत एक साताभित्र रुसी क्षेप्यास्त्र आक्रमण दुईपटक राजधानी किएभमा हुँदा आवासीय भवनहरू ध्वस्त भएका छन् भने ५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। त्यसपछि जेलेन्स्कीले हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता अझ बढेको बताएका हुन् ।

शिखर सम्मेलनका क्रममा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट गर्ने अपेक्षा गरिएको छ। उनले रुसका ‘क्रूर’ आक्रमणलाई शक्ति नभई कमजोरीको संकेत भएको दाबी गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि सम्मानजनक शान्ति वार्ताका लागि थप दबाब सिर्जना गर्न आग्रह गर्ने तयारी गरेका छन् ।।

यता युक्रेनले पनि पछिल्ला दिनमा रुसभित्र लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। ती आक्रमणमा तेल प्रशोधन केन्द्र र सैन्य संरचनालाई निशाना बनाइएको छ, जसका कारण केही क्षेत्रमा इन्धन अभाव र विद्युत् अवरोध भएको जनाइएको छ।

यसैबीच मस्कोका मेयर सर्गेइ सोब्यानिनले युक्रेनले राजधानी मस्कोतर्फ प्रहार गरेका ४३० वटा ड्रोनमध्ये अधिकांशलाई रुसी हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दाबी गर्नुभएको छ। यद्यपि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

रुसका सामाजिक सञ्जालमा इन्धन किन्न लामो लाइन लागेको तथा सीमित इन्धनका लागि सर्वसाधारणबीच विवाद भएको भिडियोहरू सार्वजनिक भएका छन्।

नाटो शिखर सम्मेलनअघि जेलेन्स्कीले सम्मेलन ‘औपचारिकतामा सीमित नहोस्’ भन्ने आशा व्यक्त गरे। नाटोका महासचिव मार्क रुटले सदस्य राष्ट्रहरूलाई युक्रेनको सार्वभौमसत्ता रक्षा गर्न आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्। उनले पूर्वी मोर्चामा युक्रेनले रुसी स्थलगत आक्रमणलाई रोक्न प्रयास गरिरहेको र पछिल्ला ड्रोन आक्रमणले युद्धको अवस्था केही हदसम्म परिवर्तन गरेको उल्लेख गरे ।

तर आकाशबाट हुने युद्ध झन् तीव्र बन्दै जाँदा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र युक्रेनका लागि ठूलो चुनौती बनेका छन्। युक्रेनी वायुसेनाका अनुसार सोमबार रुसले प्रहार गरेका अधिकांश ड्रोन अवरोध गरिए पनि कुनै पनि ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न भने सफल हुन सकिएन।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : ३० बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली