ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने « Khabarhub

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात व्यवस्था कार्यालयबाट पाउने सेवा नपाउने भएको छ । उपत्यका ट्राफिक प्रहरीले ट्राफिक कारबाहीमा परेर पनि लामो समयसम्म जरिबाना नतिर्ने सवारी चालकको विवरण यातायात कार्यालय पठाएको छ ।

यसरी ट्राफिक प्रहरीले पठाएका विवरणका आधारमा कार्यालयले उनीहरूले यातायातबाट पाउने सेवा रोक्का गरिदिएको हो । उपत्यका ट्राफिक प्रहरीले अनलाइन प्रणालीमार्फत कारबाही प्रक्रिया थालेदेखि हालसम्म जरिबाना नतिर्ने दुई लाख ६१ हजार सवारी चालकको विवरण यातायात व्यवस्था कार्यालय पठाएको छ ।

सोही विवरणका आधारमा कार्यालयले उनीहरूले पाउने सेवा रोकेको हो । लामो समय जरिबाना नबुझाएका सवारी चालकको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाएको ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “ट्राफिक कारबाही परेका सवारी चालकले लामो समयदेखि जरिबाना नबुझाएको पाइएपछि हामीले विवरण यातायात कार्यालय पठाएका थियौँ । कार्यालयले भने उनीहरूको सेवा रोकेको हो ।”

योसँगै अब जरिबाना नतिर्ने सवारी चालकले यातायात कार्यालयमार्फत हुने सवारीसाधन खरिदबिक्रीको काम गर्न नपाउने भएको हो । नयाँ सेवाका लागि जरिबाना अनिवार्य तिरेको हुनुपर्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ । हाल जरिबाना नतिर्ने सवारी चालक धनीलाई म्यासेजमार्फत जानकारी गराइएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ९ : २५ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका