कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ « Khabarhub

कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ, खानेपानी र घरायसी प्रयोजनको विद्युतमा १३ प्रतिशत भ्याट लगाएको भन्दै आलोचना गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले यसअघि सिँचाइको महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ र सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा कायम गरिएको स्मरण गरेका छन् ।

घिसिङले नेपालीका घरघरमा ग्यासको अभाव भइरहेका बेला सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई समेत करको भार थोपरेको टिप्पणी गरे । उनले देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने कस्तो विडम्बना हो भन्दै प्रश्न समेत गरेका छन् ।

सामान्य जनता र कृषकलाई कर लगाउनुको सट्टा ठूला उद्योगीहरूबाट ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बापतको अर्बौँ रुपैयाँ बक्यौता उठाउन सरकारले तदारुकता देखाउनुपर्नेमा घिसिङको जोड थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ११ : १० बजे

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा